जीतपुरसिमराका जनप्रतिनिधिको सेवा सुविधा कति ?

 २०८० अषाढ १३, बुधबार  मा प्रकाशित
७६७ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका जनप्रतिनिधिले आर्थिक वर्ष २०८०/८१ का लागी आफ्नो सेवा सुविधामा ७ करोड १८ लाख ५१ हजार रुपैँया खर्च गर्ने भएका छन् ।

सवै भन्दा धेरै यो आर्थिक वर्षमा जनप्रतिनिधिको यातायात खर्चमा मात्रै ७३ लाख ८० हजार खर्च हुने भएको छ । यता वैठक भक्ता शिर्षकमा १ करोड ३८ लाख बिनियोजित छ ।

यातायात खर्चमा नगर उप प्रमुखले १ लाख ८० हजार लिनेछन् भने प्रमुखले यातायात वापतको सुविधा रकम नलिने भएका छन् । यो आर्थिक वर्षमा नगर प्रमुखले कुल सेवा सुविधा रकम ३ लाख ३३ हजार लिनेछन् भने नगर उपप्रमुखले ४ लाख ७७ हजार लिनेछन् ।

यस्तै यो वर्ष वडा सदस्यका लागी करिव १ करोड २९ लाख रकम विनियोजन गरिएको छ भने जनप्रतिनिधिका लागी भैपरी खर्चका नाममा २५ लाख बिनियोजन गरिएको छ ।

त्यसैगरी जनप्रतिनिधिहरुको पत्रपत्रिका ईन्टरनेट र टेलिफोनमा मात्रै ७० लाख भन्दा बढी रकम बिनियोजन गरिएको छ । जनप्रतिनिधिको सिफारिसमा दिने आर्थिक सहायताको शिर्षकमा ३० लाख रकम छुट्याईएको छ । जनप्रतिनिधिले २३ वटा शिर्षकमा सेवा सुविधा प्राप्त गर्नेछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban