

सिमरा ।
सशस्त्र प्रहरी परिवार महिला संघ, केन्द्रिय कार्यालय हलचोक काठमाण्डौले आफ्नो २२ औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिविध कार्यक्रमको आयोजना गरि मनाईएको हो ।
उप–प्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला संघको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्नुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गरेकी हुन् ।
उनले राज्यको सीमामा दरिलो खम्बा बनेर विपद्, प्रकोपमा परेकाहरुको आशा र भरोसाका रुपमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मीहरुका जीवन संगिनीहरुको त्याग र समपर्ण भावको मुक्तकण्ठले प्रशंसा गरिन् ।
उप–प्रमुख डंगोलले महिलामा हुने सबै प्रकारका हिंसा र विभेदहरुको विरुद्ध आवाज उठाउँदै सहभागिता, समानता र समतायुक्त समाजको परिकल्पना साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडी लगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।
त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले विभिन्न निजी तथा सामुदयिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै संघको विभिन्न सेवामुलक कार्यहरुमा सहयोग गर्ने सरकारी तथा गैरसकारी संघसंस्था एवं महानुभावहरुको अनुकरणीय योगदानप्रति हार्दिक आभार प्रकट गरिन् ।
कार्यक्रममा संघकी सदस्य सचिव श्रीमती तुलमाया ठाडामगरले सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक गतिविधि र भावी योजना प्रस्तुत गरेकी हुन् । कार्यक्रममा उपत्यका स्थित महानगर तथा उपमहानगरपालिकाका उप–मेयरहरु, निजामती कर्मचारी, सैनिक तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, संघका पदाधिकारीहरु लगायत अन्य संघसंस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनहरुको समेत उपस्थिती रहेको थियो ।
सिमराका युवा व्यवसायी उप्रेतीलाई सशस्त्र प्रहरी परिवारको सम्मान
यसैबिच सशस्त्र प्रहरी परिवार महिला संघ, केन्द्रिय कार्यालय हलचोक काठमाण्डौले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा सिमराका युवा व्यवसायी तथा समाजसेवी राजन उप्रेतीलाई सम्मान गरेको छ ।
कोरोना महामारी र बिभिन्न बिपत् र प्रकोपका वेला उप्रेतीले गरेको राहत सहयोगको प्रशंसा गर्दै उनलाई कदर पत्र प्रदान गरिएको हो । सिमरामा समाजसेवीका रुपमा स्थापित उप्रेतीले बिभिन्न सामाजिक कृयाकलापमा सकृय हुँदै आएका छन् ।
बिषेशगरी प्रहरी वृक्तमा सवैका लोकप्रिय व्यक्तित्व उप्रेतीले सिमरामा करोडौँको लगानीमा व्यवसाय संचालन गरी दजनौँलाई रोजगारी दिईरहेका छन् ।






Write your Comment