जीतपुरसिमरा : वडा कार्यालयले दियो सुत्केरीलाई १० हजार भत्ता

रातोघर

 २०८० अषाढ २३, शनिबार  मा प्रकाशित
१३०९ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका १४ मा सुत्केरी महिलाहरुलाई पोषण भक्ता बितरण थालेको छ । महिला वडा अध्यक्ष चयन गुरुङ्गले आफ्नो वडाका सुत्केरी महिलाको लागी पोषण र स्याहार खर्च स्वरुप वडाबाटै ६ लाख रकम बिनियोजन गरी बितरण गरेकी हुन् ।

बिषेशगरी वडामा दलित, बिपन्न र अल्पसंख्यक लगाएतका जाती/जनजातीहरुमा आर्थिक अवस्था विपन्न भएका कारण सुत्केरी महिलाहरुको स्याहार र पोषण नपुगेको भन्दै वडा कार्यालयले सुत्केरी संरक्षण कार्यक्रम संचालन गरेको हो ।

उनले सुत्केरी पोषण रकम बितरणका लागी आवेदन माग गरी बितरण गरेकी हुन् । यो आर्थिक वर्ष वडामा आवेदन दिएका ६० जना सुत्केरी महिलाहरुले नगद् १० हजार बरावरको पोषण भक्ता रकम प्राप्त गरेका छन् । यो रकम पाएसंगै वडाका सुत्केरी महिलाहरुले न्युनतम सुत्केरी अवस्थामा आफ्नो र सन्तानको लागी पोषणयुक्त खानेकुराको बन्दोवस्त गर्न सक्ने भएका छन् ।

जीतपुरसिमरामा रहेका २४ वडाहरुको एक मात्र महिला उम्मेद्वार मगरले आफ्ना वडामा बिभिन्न खाले समाज र नागरिक लक्षित कार्यक्रम संचालन गरिरहेकी छिन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban