

सिमरा ।
युवा नवप्रवर्तनाम्क बिचार(Youth innovative ideas Hunt competition )अन्तर्गत प्रदर्शनी तथा प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा प्रदर्शनी तथा प्रस्तुतीकरण प्रतियोगिता २०८० बिहिवार सम्पन्न भएको छ।प्रदर्शनी तथा प्रस्तुतीकरण प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका २४ वटै वडा बाट ७ जना प्रतियोगिहरु सहभागी भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादले बताए ।
सहभागी भएका प्रतियोगिहरु मध्य ३ जनाले कृषि सम्बन्धी बिषयमा प्रस्तुतीकरण गरेको थियो भने १ जनाले गाई पालन र अन्य एक जनाले फोहोर ब्यवस्थापनको बारेमा प्रस्तुतीकरण गरेको थियो।सहभागी भएका प्रतियोगीहरुले आफ्नो तर्फ बाट प्रस्तुतीकरण गरेका थिए ।
सहभागी भएका ७ जनै प्रतियोगीहरु मध्य श्री नेरामावि सिमराकी छात्रा रितिका अधिकारी प्रथम हुन सफल भएकी छन् । त्यसैगरी लक्ष्मी चौधरी दृतिय र तृतीय स्थान प्राप्त गर्न अलि अखतर अन्सारी सफल भएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाक नगरउपप्रमुख भोला अधिकारीले सहभागी सबै प्रतियोगिहरुलाई पुरस्कार बितरण गरेका थिए ।
प्रथम भएकालाई १० हजार नगद सहित प्रमान पत्र दृतिय भएकालाई ७ हजार नगद सहित प्रमाणपत्र र तृतीय भएकालाई नगद ४ हजार सहित प्रमाणपत्र र सान्त्वना पुरस्कार पाएका ४ जनाले जनही १ हजार र प्रमाणपत्र बितरन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।





Write your Comment