जीतपुरसिमरा ४ मा जथाभावी फोहर फाले ५ हजार जरिवाना

रातोघर

 २०८० श्रावण १२, शुक्रबार  मा प्रकाशित
७०६ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालीका वडा नम्बर ४ ले फोहर मैला व्यवस्थापनमा नयाँ प्रयास थालेको छ । वडामा जथाभावी दिशापिसाव गरे वा फोहरमैला फ्याके ५ हजार जरिवाना लाग्ने भएको छ । वडा कार्यालयले सुचना जारी गरी वडावासीलाई फोहरमैला घरमै व्यवस्थापन गर्न वा नगरको फोहर संकलन गर्ने गाडीमा फाल्न आग्रह गरेको छ ।

यदी कसैले यो सुचनालाई व्यवास्था गरे ५ हजार शुल्क लाग्ने नियम बनाएको वडा अध्यक्ष इश्वर क्षेत्रीले जानकारी दिए । स्वस्थ वडा, हराभरा वडा भन्ने अभियानका साथ वडाको विकासमा लागी परेको भन्दै क्षेत्रीले  यो अभियानमा वडावासीले साथ दिने बिस्वास व्यक्त गरेका छन् ।


Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban