महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना

रातोघर

 २०८० श्रावण २६, शुक्रबार  मा प्रकाशित
४७१ पाठक संख्या


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो ।

‘पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो । तर यहाँ जस्तापाताका १२/१३ वटा संरचनाहरु निर्माण भएको छ, आज त्यो हटाइरहेका छौं,’ भट्टराईले भने ।

यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको भट्टराईले जानकारी दिए ।केही समय अगाडि काठमाडौं महानगरपालिका-वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban