पर्सा प्रहरीमा ८० वटा नागरिकता सम्बन्धि उजुरी

रातोघर

 २०८० श्रावण २८, आईतबार  मा प्रकाशित
३०० पाठक संख्या


वारा ।

तीन बर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा ८० वटा नागरिकता सम्बन्धि मुद्दाहरु दर्ता भएका छन् । पर्सा प्रहरीले दिएको जानकारी अनुसार जिल्लामा तीन वर्षको अवधिमा उक्त सँख्यामा नागरिकता सम्बन्धि मुद्दाहरु दर्ता भएका हुन् ।

उक्त समयको अवधिमा सबैभन्दा बढी आर्थिक बर्ष ०७७/७८ मा नागरिकता सम्बन्धि मुद्दा प्रहरीकोमा दर्ता भएको छ । उक्त आर्थिक वर्षमा कुल ६७ वटा नागरिकता सम्बन्धि मुद्दाहरु दर्ता भएकोमा जम्मा चार वटा मात्रै फच्र्छौट गरिएको थियो ।

भने ६३ वटा मुद्दाहरु बाँकी रहेको थियो ।यस्तै बितेको आव ०७९/८० मा भने कुल आठ वटा नागरिकता सम्बन्धि मुद्दाहरु प्रहरीमा दर्ता भएको थियो । जसमध्ये ६ वटा मुद्दाको फच्र्छौट गरिएको तथा दुई वटा मुद्दाहरु बाँकी रहेको तथ्याङकमा उल्लेख छ ।यस्तै आव.०७८/७९ मा भने पाँचवटा नागरिकता सम्बन्धि मुद्दाहरु प्रहरीमा दर्ता भएकोमा तीनवटा फच्र्छौट गरिएको तथा दुई वटा बाँकी रहेको थियो ।

यस तथ्याँक अनुसार बितेको तीन आर्थिक बर्षमा नागरिकता सम्बन्धि मुद्दाहरु प्रहरीमा दर्ता हुने क्रम घटेको देखिन्छ ।झुठा बिबरण पेश गरि झुक्याएर नागरिकता प्राप्त गरेको सम्बन्धि मुद्दाहरु प्रहरीमा दर्ता भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । प्रहरीमा आएको उजुरीको बारेमा अनुसन्धान गरेर अदालतमा मुद्दा चल्ने गरेको गिरीले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban