९० वर्षीय बुवाको हत्या गर्ने ६० वर्षीय छोरा पक्राउ

रातोघर

 २०८० श्रावण २८, आईतबार  मा प्रकाशित
३०१ पाठक संख्या


वारा ।

वारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीमा बुबा माइतसिंह घलानको हत्या गरेको आरोपमा घलानकै छोरा ६० वर्षीय दिलबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार मध्याह्न दिल बहादुरले घरायसी विवादका क्रममा बुबा घलानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।प्रहरीले अभियुक्त दिलबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । मृतकको टाउकोमा चोट देखिएको र विस्तृत कुरा पोस्टमार्टमपछि खुल्ने पनि उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban