आज सार्वजनिक हुँदै कक्षा १२ को नतिजा

रातोघर

 २०८० श्रावण ३०, मंगलबार  मा प्रकाशित
५०४ पाठक संख्या


वीरगञ्ज ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाइलबाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेबसाइटमा https://neb.ntc.net.np बाट सजिलैसँग नतिजा प्राप्त गर्न सकिन्छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban