

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । बैंकहरूले ब्याजदर सार्वजनिक गरेका हुन् । धेरैजसो बैंकहरूले ब्याजदर बढाएका छन् भने केहीको स्थिर छ ।
बैंकरहरूबीच आफूखुसी ब्याजदर तोक्ने सहमति भएपछि पहिलोपटक बैंकहरूले ब्याजदर तोकेका हुन् । निक्षेप भित्र्याउन बैंकहरूबीच ब्याजदरमा प्रतिस्पर्धा देखिएको छ ।
कृषि विकास बैंक, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर तोकेका छन् ।
यस्तै, एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर तोक्दा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
लक्ष्मी सनराइजले १०.४० तथा नबिलले अधिकतम १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । स्टान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ प्रतिशत रहेको छ ।





Write your Comment