नक्कली आईएससीको प्रमाणपत्रले चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ

रातोघर

 २०८० भाद्र १, शुक्रबार  मा प्रकाशित
३६७ पाठक संख्या


चितवन । 

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी चिकित्सा शिक्षा अध्ययन गरिरहेका एक विद्यार्थी पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका एक विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार सप्तरीको राजविराज ७ का ती विद्यार्थीले नक्कली आईएससीको प्रमाणपत्र प्रयोग गरी अध्ययन गरिरहेका थिए । उनलाई सीआईबीले गएराति चितवनबाटै पक्राउ गरेको हो । उनले काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजबाट आईएससी पास गरेको प्रमाणपत्र पेस गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban