

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका ३ मा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । वडाका अध्यक्ष तारा बहादुर कार्कीको नेतृत्वमा वडाको रामवन टाडीमा कार्यक्रम आयोजना गरिएको हो ।
यसअघि वडामा एक घर दुई बिरुवा हुर्काउने अभियान चलाएको वडाले हुर्किएका बिरुवालाई वार्षिक अनुदानको समेत व्यवस्था गरेको छ । वडाले आफ्ना वडाका करिव ३ सय जनालाई फलफुलका बिरुवा बितरण गरेको छ ।
निशुल्क बितरण गरिएको फलफुलका बिरुवा हुर्काउने स्थानियलाई वडाले बार्षिक रुपमा अनुदान दिने व्यवस्था समेत मिलाएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले हरेक घरमा बिरुवा हुर्काउने अभिप्रेरणाका लागी अनुदानको व्यवस्था मिलाएको बताए ।
बिभिन्न सामाजिक र साँस्कृतिक कार्यमा सकृय देखिएका वडा अध्यक्ष कार्कीले वडा मार्फत गाउँमा हरियाली अभियान संचालन गरिरहेका छन् । नगरका २४ वडाहरु मध्ये नमुना वडाका रुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै अध्यक्ष कार्कीले वडाबासीलाई दिईने सवैखाले सुविधामा गम्भिरतापुर्वक सकृय भएर लागेको बताए ।
आइतबार बिहान आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष कार्की सहित नेकपा एमाले पोलिट्व्युरो सदस्य ज्वाला साह, नेता मोबिन आलम, रविन्द्र खकुरेल, कुवेर न्यौपाने, सुशिल ढोडारी लगाएत सहभागी भएका थिए ।






Write your Comment