तराईका जिल्लामा आज र भोली हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
३६७ पाठक संख्या


वीरगञ्ज । 

 मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान भने रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम  वर्षाको अनुमान छ ।

यस्तै, आज र भोलि तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन मौसमविद् प्रतिभा मानन्धरले आग्रह गरेकी छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban