शाहरूखको फिल्म ‘जवान’ ले पहिलो दिनमै कमायो ७५ करोड

रातोघर

 २०८० भाद्र २२, शुक्रबार  मा प्रकाशित
६१४ पाठक संख्या


भारत।

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले पहिलो दिनमै ७५ करोड कमाइ गरेको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड कमाई गर्दै फिल्म जवानले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको हो।

हिन्दी सिनेमाको इतिहासमा अहिलेसम्म ‘पठान’ ले एकै दिनमा सबैभन्दा धेरै कमाइ गरेको थियो। तर जवानले पठानलाई पनि छोडेर पहिलो दिन ७५ करोड कमाएको छ।फिल्म जवान बिहीबारदेखि प्रदर्शनमा आएको थियो। एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन