जीतपुरसिमरा २ द्धारा विद्यार्थीको जिपिएका आधारमा शिक्षकलाई प्रोत्साहन

रातोघर

 २०८० भाद्र २९, शुक्रबार  मा प्रकाशित
७९९ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका वडा नम्बर २ ले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान गरेको छ ।

बिषयगत् आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका शिक्षकहरुलाई शुक्रबार वाल दिवसको आवसर पारेर सम्मान गरिएको छ । वडाले बिषयगत आधारमा कक्षा १२ देखी आधारभुत तहसम्मका कक्षामा सवैभन्दा वढी अंक आउने बिषयका शिक्षकहरुलाई वडाले सम्मान गरेको हो ।

वडा कार्यालयले शिक्षकहरुलाई नगद ३ हजार ५ सय देखी ८ हजार सम्म नगर प्रोत्साहन रकम वितरण गरेको छ । त्यसैगरी वडाले जिल्लामै उत्कृष्ट अंक ल्याउने विद्यालयका छात्र क्षितिज चौधरीलाई समेत नगद सहित सम्मान गरेको छ ।

सम्मान कार्यक्रम पछी बोल्दै वडाका अध्यक्ष धन बहादुर श्रेष्ठले आफुले बोलेको कुरा पुरा गरेको भन्दै आगामी दिनमा बिद्यालयको सबैखाले कार्यहरुमा वडा परिवार साथ रहने धारणा राखे ।
उनले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महत्वपुर्ण स्थानमा शिक्षकहरु नै रहने भन्दै शिक्षकको उच्च मनोवलका लागी वडाले गर्न सक्ने कार्य र सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बिद्यालयले आयोजना गरेको वाल दिवस बिशेष कार्यक्रमको अवसरमा वडा कार्यालयले सो शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको हो । यसैगरी वडा कार्यालयले विभिन्न मापदण्डका आधारमा बिद्यालयका अनुशासित र मेहेनती शिक्षकलाई समेत नगद राशी सहित सम्मान गरेको छ । वडाले उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई पनी नगद सहित सम्मान गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban