

सिमरा ।
बाराको जीतपुरसिमरा स्थित वडा नम्बर ३ रामबनमा अनधिकृत कव्जा गरिएको सार्वजनिक जग्गा वडा कार्यालयद्धारा नापजाँच गरिएको बताइएको छ ।
मंगलबार वडा कार्यालयबाट खटिने अमिन सहित पुगेका वडाका जनप्रतिनिधिले सो जग्गा नापजाँच गरेका हुन् । नापजाँचको क्रममा करिव ३ बिगाह जग्गा नापजाँच गरि सिमाना छुट्याइएको छ ।
तत्कालीन रुपमा शान्तराम मल्लले भोगचलन गर्दै आएको जग्गा बिभिन्न बिवाद र मुद्धा मामिलापछी सार्वजनिक जग्गाका रुपमा कायम भएकोले सो जग्गा वडा कार्यालयको सम्पत्ती रहेको वडाका अध्यक्ष तारा बहादुर कार्कीले बताए ।

उनका अनुसार मल्लको निधनपछी उनका छोराले समयावधी भित्रै आवश्यक प्रक्रिय पुरा गर्न नसकेको र मल्लकी बुहारी श्रेया राज्य लक्ष्मी देवी राणाले वडा कार्यालयलाई सो जग्गा संरक्षण गर्नु भनी मौखिक रुपमा समेत भनिसकेको अवस्थामा कानुनी र व्यवहारिक दुवै अवस्थामा सो जग्गा सार्वजनिक सम्पत्तीका रुपमा कायम गर्न वडाले आवश्यक प्रकृया पुरा गरिरहेको छ ।
यसअघि समेत निजकै भोगचलनमा रहेको करिव २ बिगाह जग्गा कानुनी रुपमा सार्वजनिकीकरण भईसकेको समेत कार्कीले जानकारी दिए । वडाले करिव ५ देखी ७ बिगाह अनधिकृत रुपमा भोगचलन हुँदै आएको जग्गा बिभिन्न प्रकृया पुरा गरी सार्वजनिक जग्गाका रुपमा श्रेस्ता परिमार्जन गर्ने तयारीमा छ ।

जनजागरण मध्यवर्ती सामुदायिक वनको क्षेत्रसंग जोडिएको जग्गा र नक्सामा समेत वन अतिक्रमण गरी जग्गालाई भोगमा ल्याइएको भन्दै कार्कीले वडा अध्यक्षको निर्वाचनमा लाग्नुअघिदेखी नै वनका तर्फबाट मल्ल बिरुद्ध मुद्धा लड्दै आएका थिए । सो जग्गाको केही क्षेत्रमा हालसम्मपनी जंगल क्षेत्र र पोखरी समेत छ ।






Write your Comment