सिमराका शम्भुसिंह ठकुरीलाई सहकारीको सम्मान

रातोघर

 २०८० कार्तिक १९, आईतबार  मा प्रकाशित
४७३ पाठक संख्या


सिमरा ।

बाराको सिमराका शम्भुसिंह ठकुरीलाई सिमरास्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

सहकारीले खेलकुदको विकासको लागि पु¥याएको योगदान र सर्पदंश न्यूनिकरण, सर्पको संरक्षण तथा सर्पदंशपछिको प्राथमिक उपचारको बारे दिएको प्रशिक्षणमार्फत खेलेको भूमिकाको निम्ति ठकुरीलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष बेनीबहादुर तिमल्सिनाले बताए ।

रोयल सिमरा पार्टी प्यालेसमा आयोजित संस्थाको आयोजित संस्थाको १३ औं साधारण सभाको अवसरमा श्रमिक सम्मान प्रदान गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र सहकारी अभियन्ता मुकुन्दबहादुर क्षेत्रीको हातबाट सम्मान–पत्र प्रदान गरिएको थियो ।

ठकुरी मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष छन् भने नव जनजागृतीका महासचिव हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban