इन्डोनेसियाको जाकार्ता शहरमा नेपाली लोक संस्कृति प्रदर्शन

रातोघर

 २०८० मंसिर १, शुक्रबार  मा प्रकाशित
५५७ पाठक संख्या


काठमाडौंँ ।

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले इन्डोनेसियाको ‘दक्षिणी तङेराङ’, जाकार्ता शहरमा नेपाली लोक संस्कृतिको प्रदर्शन गरेको छ । उक्त शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदान प्रदान कार्यक्रममा ग्रुपले नेपालको झ्याउरे, तामाङ सेलो, यति, हुड्केली, झाक्री, लोकगीत लगायत नेपाली लोकसंस्कृति प्रदर्शन गरेको हो ।

नोभेम्बर ९  देखी १४ सम्म आयोजना भएको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदान प्रदान कार्यक्रम’ नेपालको अलवा सिङ्गापुर र इन्डोनेसियाको सहभागिता थियो ।

तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक माध्यमबाट  विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को उक्त कार्यक्रममा ग्रपका निर्देशक निर्देशक सितल आचार्य, प्रमुख डा.आरसी कोइराला ‘रामचन्द्र’का साथै नृत्य निर्देशक चुडामणि फुयाल, नृत्य निर्देशक निरु फुयाल तथा लोक तथा दोहोरी गायक युवराज मगरको सहभागिता थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban