सिमरामा पर्यटन प्रवर्धनको उदेश्य सहित मधेस स्तरीय ‘कस्टमर केयर सर्भिस’ तालिम संचालन

रातोघर

 २०८० मंसिर २२, शुक्रबार  मा प्रकाशित
११११ पाठक संख्या


सिमरा ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स नाट्टा मधेस प्रदेशले सिमरामा पाँच दिने तालिमको आयोजना गरेको छ ।

होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित सिमरामा ‘कस्टमर केयर सर्भिस’ तालिमको आयोजना गरेको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित तालिममा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत र उच्च शिक्षा अध्ययन गरिरहेका ३० प्रशिक्षार्थी सहभागी छन् । नेपालमा युएनडिपी र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा जीविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन भईरहेको छ ।

उक्त परियोजनामा होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । सोही परियोजना अन्तर्गत नाट्टा केन्द्रीय कार्यालयको सहयोगमा मधेस प्रदेश कमिटीले पाँच दिने तालिमको आयोजना गरेको हो ।

होटल तथा पर्यटन क्षेत्रका लागि तालिम अत्यन्त फलदायी हुने र तालिममा सहभागी प्रशिक्षार्थीले रोजगार प्राप्त गर्न सहज हुने नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको भनाई छ । दक्ष जनशक्ति उत्पादनसंगै होटल तथा पर्यटन क्षेत्रको सेवालाई थप सुलभ र व्यावसायिक बनाउन तालिमबाट मद्यत पुग्नेमा आशावादी रहेको शर्माले बताए ।

तालिममा स्थानिय श्री नेरामावि सिमराका ९ जना, बिभुति मावि डुमरवानाका ५ जना, जनता मावि रजघट्टाका ४ जना लगाएत अन्य जिल्लाबाट ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।


तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रादेशिक पर्यटन विकास कार्यालय वीरगन्जका प्रमुख अरविन्द यादव, प्रशिक्षक विनय शाक्य, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, नाट्टा केन्द्रीय कार्यकारिणी सदस्य सवला भण्डारी, प्रदेश महासचिव सुदर्शन काफ्ले, नाथम कलेज बर्दिबासका प्रमुख सिवेन्द्र मल्लीक, जीतपुरसिमरा उपमहानगरपालिका पर्यटन महाशाखा प्रमुख सुदन चौधरीलगायतको उपस्थिती रहेको थियो ।

नाट्टा मधेस प्रदेशका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले गरेका थिए ।

तालिमको भोली पाँचौ दिन समापन समारोहको आयोजना गरि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरणको कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban