सहकारी स्थापना दिवस विशेष आँखा परिक्षण शिविर सम्पन्न, पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा (फोटो सहित)

रातोघर

 २०८० पौष १३, शुक्रबार  मा प्रकाशित
५२४ पाठक संख्या


मनहर्वा,बारा ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले स्थापनाको २० बर्ष पुरा गरेको अवसरमा सुक्रबार निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरेको छ ।

तिलगंगा निजगढ सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा संस्थाले जितपुरसिमरा उपमहानगररपालिका वडा नं.१७को जैतापुर स्थीत नेपाल राष्टिय माध्यमिक विद्यालयमा शिविरको आयोजना गरेको थियो ।

शिविरमा ३ सय ११ जना विद्यालयमा अध्ययानरग बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण गरिएका मध्य कमजोर आँखा देख्ने १३ जनालाई निःशुल्क चस्मा प्रदान गरिएको संस्थाले जनाएको छ ।

शिविरमा आउने बालबालिकाहरुको आँखा अस्पतालका नेत्र चिकित्सक दिपक सुवेदी र नेत्र सहायक गंगा अधिकारीले परिक्षण गरेका थिए ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, मुख्य प्रबन्धक पुष्पराज खतिवडा,कलैया सेवाकेन्द्र प्रमुख जगदिप कोईराला, विद्यालयका प्रधानाध्यापक रोहित प्रसाद चौधरी, सहायक प्रधानध्यापक प्रेम लामा लगायतको सहभागिता थियो ।

यस्तै सुक्रबार सहकारी संस्थाको कलैया, उत्तरझिट्कैंया, महेशपुर, मझौलिया र बडहर्वा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा दिएर स्वाग गरिएको थियो । यससँगै कार्यालयमा आउने सबै सेवाग्राहीलाई चकलेट समेत वितरण गरिएको थियो ।

संस्था २०६० पौष १३ गते डिभिजन सहकारी कार्यालय भरतपुर चितवनमा विधिवत दर्ता भई संचालनमा आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताईन् ।

सुक्रबार संस्थाका कार्यालयहरुमा आउने पहिलो सेवाग्राहीलाई स्वागत गर्दै संस्थाका संचालक तथा कर्मचारीहरु

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban