साना किसान अमावको ९ औं बार्षिक साधारणसभा सम्पन्न

रातोघर

 २०८० पौष १३, शुक्रबार  मा प्रकाशित
४३३ पाठक संख्या


बारा ।
कोल्हबी नगरपालिका वडा नं.१०मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड अमावको ९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सुक्रबार अमाव मठ परिषरमा आयोजित सभाको कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी चौधरीले साना किसान सहकारीले महिलाहरुलाई संगठित गरी चलाएको अभियान उत्कृष्ठ पाईएको बताईन् ।

महिलाहरुकै नेतृत्व, महिलाकै सहभागितामा ग्रामिण महिलाहरुको आर्थीक विकासका लागि कृषिमा सहकारीको योगदान महत्वपूर्ण छ, उनले भनिन् । पालिककाको तर्फबाट सहकारी र यसमा आवद्ध सदस्यहरुको विकासमा आफुले सहयोग गर्ने उनले बताईन् ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष नयनकला खड्का, कृषि ज्ञान केन्द्र बाराका बालि शंरक्षण अधिकृत राजनारायण साह, कोल्हवी नगरपालिका वडा नं.१०का अध्यक्ष कुञ्ज विहारी चौधरी,साना किसान हरैयाका अध्यक्ष रामलखन प्रसाद चौधरी, ईनर्वासिराका प्रबन्धक झपेन्द्रराज बराल लगायतकाले बोल्नु भएको थियो ।

सहकारीले ६ सय ५० जना सदस्यसँग करिब साँडे ४ करोडको कारोबार गर्दै आएको जनाएको छ । सभाले गत आर्थिक बर्षमा गरेको १५ लाख मुनाफाबाट सदस्यलाई १६ प्रतिशतका दरले लाभाशं वितरण गर्ने निर्णय पनि गरेको संस्थाको प्रबन्धक चित्रसेन चौधरीले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban