

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका अमलेखगञ्जमा होमस्टे संचालनको तयारीमा उपमहानगर लागी परेको छ । अमलेखगञ्जको २१ र २२ नम्बर वडालाई समेटेर पर्यटकिय गन्तव्य बिकासका लागी पुर्वाधार तयार पारिरहेको उपमहानगरले २२ नम्बर वडा स्थित चकरी गाउँलाई होमस्टे गाउँ का रुपमा बिकास गर्न लागेको हो ।
चकरीका करिव दुई दर्जन स्थानियलाई होमस्टे संचालन सम्वन्धि ५ दिने आधारभुत तालिमको शुक्रबार समापन गर्दै उनीहरुलाई करिव जनही १८ हजारका दरले बिभिन्न व्यवसायीक समाग्री समेत हस्तान्तरण गरिएको छ ।
दुई वडाका २० जनालाई ५ दिने तालिम दिएपछी उनीहरु व्यवसायीक रुपमा काम गर्ने उत्साह सहित घर फर्किएका छन् । घर फर्किएसंगै उनीहरु अव पर्यटकको प्रतिक्षामा छन् ।
अभियान नेपाल नामक बिरगञ्जको एक संस्थाले सो तालिमको आयोजना गरेको हो । समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारीले चकरी लाई होमस्टे गाउँका रुपमा विकास गरी अमलेखगञ्ज क्षेत्रलाई पुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न स्थानियले समेत महत्वपुर्ण भुमिका निर्वाह गर्न आवस्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद देव नारायण चौधरीले नगरको ऐतिहासिक क्षेत्रका रुपमा रहेको अमलेखगञ्जलाई विकास गर्न प्रदेश सरकार समेत गम्भिर रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै जीतपुरसिमरा नेपाली काँग्रेसका पुर्व नगर सभापती श्याम बाबु गुप्ताले अमलेखगञ्जलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न सके यहाँको नागरिकको जनजिवनमा परिवर्तन आउने मात्रै नभई समग्र मधेश प्रदेशकै नाम उच्च रहने धारण राखे ।
यस्तै कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष सुवास श्रेष्ठ, वडा नम्बर २२ का अध्यक्ष शेखर काजी रुम्बा, उपमहानगरका पर्यटन तथा सहकारी शाखाका प्रमुख सुदन चौधरी लगाएतले स्थानियलाई शुभकामना दिएका थिए ।
उपमहानगर र नेपाल पर्यटन बोर्डको संयुत्त लगानीमा होमस्टे संगै हाइकिङ्ग ट्रृेल निर्माण कार्य समेत अघि बढेको छ ।
करिव अढाई किलोमिटरको ट्रृेल निर्माण करिव ४१ लाखको लागतमा बन्न लागेको हो । उपमहानगरको २१ लाख र पर्यटन बोर्डको २० गरी ४१ लाखमा बन्ने यो ट्रृेल संगै वडा नम्बर २२ र वडा नम्बर ६ को मुसहर बस्तीमा होमस्टे निर्माण कार्य समेत संगै गरिने प्रमुख चौधरीले बताए ।
तालिम अभियान नेपाल, पर्साका अध्यक्ष नरेश जयसवालको संयोजकत्वमा सम्पन्न भएको हो ।










Write your Comment