मनहर्वा गोल्डकप मुख्यमन्त्री यादवले उद्घाटन गर्ने ,खेल हेर्न दर्शकले भने शुल्क तिर्नुपर्ने

पुष्पराज खतिवडा

 २०८० माघ ८, सोमबार  मा प्रकाशित
१५८९ पाठक संख्या


मनहर्वा,बारा ।
आगामी १३ गतेबाट सुरु हुने तेस्रो महर्वा गोल्डकपको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने भएका छन् । क्लबका पधादीकारीहरुको निम्तो स्विकार गर्दै मूख्यमन्त्री यादवले मनहर्वा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

माघ १३ गते अपराहन्न २ बजे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को बडहर्वा स्थीत खेल मैदानमा फुटबल प्रतियोगिताको समुद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री यादवले गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

माघ २० गते सम्म संचालन हुने प्रतियोगितामा आयोजक सहित ८ टिमले भाग लिएका छन् । प्रतियोगिताको पहिलो अर्थात विजेताले दुईलाख र उपविजेताले एकलाख रुपैंया सहित टफि प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विभिन्न विधागत पुस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पहिलो दिनको उद्घाटन खेल बाहेकका प्रतियोगिताका अन्य खेलहरुभने दर्शकले पैसा तिरेर हेर्नुपर्ने भएको छ । चारवटा क्वाटर फाईनल हेर्न प्रति दर्शक रु३०। , दुईवटा सेमीफाईनल हेर्न रु५०। र फाईनल खेलका लागि दर्शकहरुले रु१००। तिर्नुपर्ने भएको हो ।

प्रतियोगिता आयोजक क्लब मौवादेवी यूवा क्लब संचालक समितिले गरेको निर्णय बमोजिम टिकट शुल्कको ब्यवस्थापन गरिएको हो । त्यसका लागि खेल मैदान जस्तापाताले घेराबारा गरिने समेत क्लब अध्यक्ष यादवले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban