हलखोरिया साझेदारीले वन क्षेत्रमा जल पुनरभरण पोखरी निर्माण गर्दै

पुष्पराज खतिवडा

 २०८१ बैशाख १३, बिहिबार  मा प्रकाशित
६६३ पाठक संख्या


बारा ।
खडेरीका कारण वन क्षेत्रमा रहेका ताल तलैया र पोखरीहरु सुक्न थालेपछी जिल्लाको वन क्षेत्रमा जल पुनरभरण पोखरी निर्माण थालिएको छ ।

चुरेको भावर क्षेत्र जहाँबाट तराईको भुभाग सुरु हुन्छ । त्यही ठाउँलाई लक्षीत गरेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ अन्तर्गत रहेको हलखोरिया साझेदारी वनको क्षेत्र हात्तीघोलमा १००मिटर लम्बाई र ८० मिटर चौडाको पोखरी निर्माण थालिएको हो ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन ईकाई भरतपुर चितवनको लगानी, साझेदारी वन ब्यवस्थापन समितिको अगुवाईमा पोखरी निर्माण भईरहेको हो ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको जलपुनरभरण पोखरी कार्यक्रमको १५ लाख रुपैंयाको लागतमा निर्माण हुने पोखरीमा पानी रोक्न सक्दा गर्मीयाममा तराईमा पानी सुक्ने समस्यामा कमि आउने विकास समितिको सव–इन्जिनियर अनिल सिंन्हाले बताए ।

ग्राउन वाटर रिर्चाज जोनका रुपमा हलखोरिया साझेदारी वन क्षेत्रमा निर्माण हुने पोखरीबाट मानवसँगै जनावर र चराचुरंगीलाई पनी राहत मिल्ने छ । विकास समितिले यसअघि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र एउटा पोखरी निर्माण गरिसकेको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको अमलेखगंजस्थित तीनकुवा क्षेत्रमा निर्माण भएको पोखरी निकै प्रभावकारी भैरहेको उनले बताए ।

पछिल्ला केहीबर्ष यता गर्मिसंगै पानिका मुहान सुक्न थालेका छन् । जस्का कारण मानिससँगै जंगली जनवारलाई समेत पानीको समस्या दिनप्रतिन विकराल बन्दै गएको छ । मानव, जनवार र चराचुरंगीहरुकालागि समेत राहत हुनेगरी वनक्षेत्रमा पोखरी खन्न लागिएको हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराईले बताए ।

पुरानो सिमसार क्षेत्र हाल पानी सुकेर चौरीमा परिणत हुँदा यस आसपास आउने जंगली जनावर पन्छी पानी खोज्दै गाउँ पसिरहेका छन् । जसका कारण अन्नबालीमा समेत क्षेती पुगेको छ । यस ठाउँमा पानी निकाल्ने र बर्षाको पानीलाई संचित गर्न सक्दा ठुलो राहत हुने भएकाले पनि पोखरी खन्न लागिएको हो, उनले भने ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban