जीतपुरसिमरा १४ मा फलफुलका बिरुवा कलमी गर्ने तालिम

रातोघर

 २०८१ जेष्ठ २३, बुधबार  मा प्रकाशित
८०१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा १४ मा फलफुलका बिरुवा कलमी गर्ने तालिम शुरु भएको छ । १५ दिन सम्म चल्ने तालिममा स्थानिय कृषकहरु सहभागी भएका छन् ।

वडालाई फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्य सहित यो अभियान शूरु गरिएको वडा अध्यक्ष चयन गुरुङले बताइन् । जीतपुरसिमरा १४ ले यो आर्थिक वर्ष बिभिन्न प्रभावकारी योजना तथा तालिमहरु संचालन गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन