


बारा : जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२३ भतौडाका जटाशंकर प्रसाद साह कानु ३६ बर्षका भए । उनका तीन बहिनी छोरी र एक छोरा छन् । ७० बर्ष कटेका बा आमा र पत्नी सहित उनी बस्दै आएका छन् । टायल मार्वलका मिस्त्रीका रुपमा उनीसँग १८ बर्षको अनुभव छ ।
मन्त्री,साँसद र नाम चलेका नेता, कर्मचारी ,उद्योगपती, ब्यापारी लगायत हजाराँैको घर टायल र मार्वलले सिंघारेका साह यतीबेला भने आफ्नै जीनव जोगाउन सहयोगको याचना गरिरहेका छन् ।
मार्वल टायल मिस्त्रीका रुपमा धेरै ब्यस्त रहँदा रहँदै दुबै किड्नीले काम गर्न छाडेको पत्तै भएन, उनी सुनाउँछन् । विगत चारबर्ष यता उनी उपचारका क्रममा छन् । हप्तामा दुईपकट डायलासिस हुँदै आएको छ । उपचारका क्रममा नेपाल र भारतका धेरै अस्पताल पुगेको सुनाउँछन् ।
औषधोपचार गर्न भारतको पटना, दिल्लीको हिम्स आयूर्वेदमा पनि धेरै समय बसेँ । मासिक ६० हजार बढी खर्च हुन्थ्यो । खर्च धान्नै नसकेपछी पुनः नेपाल आएर उपचार गराई रहेको छु ,उनी भन्छन् ।
पैसाजती तानेपछी प्राय सबैले अन्तिममा उपचार भनेकै किड्नी फेर्नु हो,भनी सल्लाह दिन्थे । नेपालमा पनि धेरै चिकित्सकहरुबाट त्यही सल्लाह पाएपछी किड्नी फेर्न पाए बाँचिन्थ्यो भन्ने लागेको छ, पिडित साह बताउँछन् ।
हाल सम्म उपचारमा ४० लाख बढी रकम खर्च भैसकेको छ । मेरो अंशमा परेको दुईकठ्ठा जमिन बेचीयो । मिस्त्रीका रुपमा काम गर्दा छोराछोरीका लागि भनरे बचाएको पैसा पहिल्यै सकियो । आम्दानीका सबै ढोका बन्द भएका छन् । सम्पतीका नाममा अव मसँग केही छैन । बालबालिका सहितको परिवारमा हातमुख जोड्नै समस्या भैरहेको छ । तरपनी म बाँच्न चाहन्छु । काममा फर्कन चाहन्छु । मलाई बचाईदिनुस्, उनी रुँदै भन्छन् ।
उनकी ७० बर्षकी आमा रामरती देवी साहकानु उनीसँगै भक्कानिदैं रुन्छीन् । उनी रुँदै पैसा सकियो । छोराको उपचारमा थप खर्च गर्न हामीसँग उपाय छैन । कसैले सहयोग गरेका छैनन् । आकाश तीर हात जोड्दै मेरो छोरो जोगाईदेउ भगवान भन्दै आमा रुन्छीन् । हजुरआमा र बुवाको रुदैगर्दा साना बालबालिका भावुक देखिन्थे ।

मृगौला पिडित जटाशंकरको परिवार
आफु विरामी पर्दा हिजो आफुले काम गरिदएर सहयोग गरेका , झण्डा बाकेर भोट मागेका पार्टी र निर्वाचित नेताहरुले मुखले ठिक्क पारे । ब्यवहारमा कुनै सहयोग भएन, उनी सुनाउँछन् । पालिका, वडाबाट सिफारिस बाहेकको सहयोग छैन ।
गाउँका शिक्षीत यूवाहरु, समाजसेवीहरु गाउँका गरिब गुरुवा एकअर्कालाई परेको बेलामा सहयोगका लागि अर्थ संकलन अभियान गरेर सहयोग जुटाउने काममा लाग्ने हाम्रोतीर चलन छैन , जटाशंकर सुनाउँछन् । आफन्त मलाई किड्नी दिन तयार छन् । तर त्यो प्रकृया निकै खर्चिलो रहेछ । उनी भन्छन् म बाँच्न चाहन्छु । मलाई बचाईदिनुस् ।
उनै जटाशंकरको जीवन रक्षार्थ मनकारीहरुबाट सहयोगको अपेक्षा राखेका छौं । सहयोगका लागि पिडित जटाशंकर प्रसाद साह कानुको माछापुच्छ«े बैंकको कलैया शाखामा रहेको बचत खाता नं. १५१०९८०५९३७०००१७ मा रकम जम्मा गरिदिएर सहयोग गर्न सकिने छ । उनको फोन नं.९८०९१०६७७३ मा सम्पर्क गरेर अथवा सिधैं घरपरिवार सम्म पुगेर साहको प्राणरक्षार्थ उपचारमा सहयोग गरिदिन हामीपनि अनुरोध गर्दछौं । हाल उनी नारायणी अस्पताल विरगजंमा उपचारत छन् ।




Write your Comment