बस पल्टिएर १७ जना घाईते, ३ जनाको अवस्था गम्भिर

रातोघर

 २०८१ श्रावण १, मंगलबार  मा प्रकाशित
५१६ पाठक संख्या


बारा :
जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२३ भलुही स्थित बिरगजं पथलैया सडकखण्डमा आज विहान करिब १० बजे यात्रुबस दुर्घटना हुँदा बसमा सवार १७ जना घाईते भएका छन् । घाईते मध्य ३ जनाको अवस्था गम्भिर, ७ जनाको मध्यम र ७ जना अवस्था सामन्य रहेको बारा प्रहरीले जनाएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका ७ का ३३ बर्षिय शंकर गुरुङ्ग ,कलैया उपमहानगरपालिका १८ मोतीसरका २१ बर्षिय कन्हैया गुप्ता र नाम थार वतन नखुलेका अन्दाजी २४ बर्षका पुरुषको भने अवस्था गम्भिर रहेको हो ।

उनीहरुको टाउको, अनुहार र छातीमा चोट लागेको अवस्थामा बयोधा अस्पताल, बिरगंज पठाइएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले जानकारी दिनुभयो ।

भैरहवादेखि बिरगंजतर्फ आउंदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । बसमा २२ जना यात्रु सवार थिए ।

घाईते सबैलाई उपचारका लागी बयोधा अस्पताल, बिरगंज पठाइएको छ भने बसका चालक चितवनको राप्ती नगरपालिका वडा नं.०६ भण्डाराका ३० बर्षको सागर न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य उनले बताए ।

घाईतेहरूको विवरण:-

  1. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.७ बस्ने अ.बर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।(अवस्था गम्भिर)
  2. हाल नाम थर वतन नखुलेको अ.बर्ष २४ को पुरूष ब्यक्तीको अनुहारमा चोट ।(अवस्था गम्भिर)
  3. जिल्ला बारा, कलैया उ.म.न.पा.वडा नं. १८ मोतिसर बस्ने अ.बर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।(अबस्था गम्भिर)
  4. जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने  अ.बर्ष ५५ को तिलक भट्टाराईको अनहार र छातिमा चोट ।(अवस्था मध्यम)
  5. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष ३५ को सागर गोलेको अनुहारमा चोट ।(अवस्था मध्यम)
  6. ऐ.ऐ.०४ बस्ने अ.बर्ष ३० को अमिर थापाको कानमा चोट ।(अवस्था मध्यम)
  7. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ५  बस्ने अ.बर्ष ५० को दिपेन्द्र  कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।(अबस्था मध्यम)
  8. ऐ.ऐ.१५ बस्ने अ.बर्ष ४२ को बिक्रम राना मगरको हात र गालामा चोट ।(अवस्था मध्यम)
  9. जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ.बर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।(अवस्था मध्यम)
  10. देश भारत, रक्सौल बस्ने अ.बर्ष १८ को साहिद अंसारीको निधारमा चोट ।(अवस्था मध्यम)
  11. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.३ बस्ने अ.बर्ष ३३ की जानुका ढुङगानाको हातमा चोट ।(अवस्था सामान्य)
  12. .जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. ०९ बस्ने अ.बर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।(अवस्था सामान्य)
  13. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ६ माई स्थान बस्ने अ.बर्ष  १८ को स्वयव अंसारीको कन्चटमा चोट ।(अवस्था सामान्य)
  14. .जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष २५ को सुमन लामा को कानमा चोट ।(अवस्था सामान्य)
  15. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ८ बस्ने अ.बर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।(अवस्था सामान्य)
  16. बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा अ.बर्ष २१ रुपेश तामाङको सामान्य चोट । (स्थानिय मेडिकलमा उपचार भई रहेको)
  17. बसको कन्टेकटर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने सुम बमजमको छोरा अ.बर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य । (स्थानिय मेडिकलमा उपचार भई रहेको)

बस चालक:

  1. जिल्ला चितवन, राप्ती न.पा. वडा नं.०६ भण्डारा बस्ने अ.बर्ष ३० को सागर न्यौपाने ।(नियन्त्रणमा)

Write your Comment


लोककल्याणकारी विज्ञापन