जीतपुरसिमरामा गाँजासहित एक युवती पक्राउ

रातोघर

 २०८१ श्रावण २१, सोमबार  मा प्रकाशित
१२६६ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलबाट प्रहरीले गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीय प्रियंका श्रेष्ठ रहेकी छिन् ।

बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाका अनुसार, पथलैयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचना प्राप्त भएपछि आधाभार जंगलमा निगरानी बढाएको थियो। प्रहरीले शंकास्पद रुपमा सडकको छेउमा उभिएकी श्रेष्ठको झोला जाँच गर्दा उनको झोलाभित्र ८ किलो ५०० ग्राम लागु औषध गाँजा फेला परेको थियो।

पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban