ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ

रातोघर

 २०८१ आश्विन १८, शुक्रबार  मा प्रकाशित
८३२ पाठक संख्या


ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ना २२ प ९९९४ नम्बरको मोटर साइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका( ३१ बस्ने वर्ष १८ को साविर अंसारी र पछाडि सवार वडा नम्बर २१ बस्ने वर्ष ५८ को वीरेन्द्र साह रहेका छन्।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगञ्ज र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका( ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दश ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban