रातोघर डटकममा प्रकाशित समाचारको खण्डन प्रकाशन गरिएको बारे

रातोघर

 २०८२ भाद्र ८, आईतबार  मा प्रकाशित
६०० पाठक संख्या


रातोघर,सिमरा । २०७२ साउन ७ गते हाम्रो न्युज पोर्टल रातोघर डटकममा प्रकाशित “हलखोरिया वन समितिको अध्यक्ष विकल्प भट्टराई पक्राउ, पिडितको १८ लाख क्षतिपूर्ति बिचमै गायब” शीर्षकको समाचारका कारण प्रभावित व्यक्तिहरूमाथि परेको असरप्रति क्षमायाचना गर्दै खण्डन प्रकाशित गरिएको छ ।

घटनाक्रम अनुसार समाचारलाई हामीले सक्दो सन्तुलित बनाउने प्रयाश गरेका थियौं । तर समाचारमा प्रयोग गरिएका केही अंश असन्तुलित, अपुष्ट रहेको प्रेस काउन्सिल नेपालले रातोघर मिडियालाई पत्रचार गरेपछि हामीले यो खण्डन समाचार प्रकाशन गरेका छौं ।

समाचारमा साउन ७ गते घटेको एक घटनासँग थप अन्य दुई घटना र पिडित समेत जोडिएकोले उक्त दुई बिषय समेत एउटै समाचारमा समेट्नु पर्ने थियो । ३ घटनालाई एउटै समाचारमा समेट्ने प्रयाशले समाचारलाई केही असन्तुलित बनाएको हुन सक्दछ ।

प्रकाशित समाचारले व्यक्तिको इज्जत–प्रतिष्ठामा आघात पुगेको हुनाले हामी सो समाचारप्रति आधिकारिक खण्डन गर्दै स्पष्ट पार्छौं कि ः
🔹 हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराई पक्राउ परेको भएता पनि पिडित बबिता प्रजाले पाउनु पर्ने क्षतिपूर्ति रकम हिनामिनामा विकल्प भट्टराईको संलग्नता पुष्टि भई नसकेको ।

🔹 सोसम्बन्धी लेखिएको समाचारबाट पर्न गएको विकल्प भट्टराई प्रति पर्न गएको असुबिधा प्रति एवम् प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३, संशोधित २०७६ समेतलाई समेतलाई मनन् गर्दै, निजले पेश गरेको खण्डन प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
सत्य, तथ्य र सन्तुलित समाचार हाम्रो प्रतिबद्धता पुनः दोहोर्याउँछौं।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban