

सिमरा । जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पूर्वसन्ध्यामा आयोजक सिमरा भेट्रान क्लब र पत्रकार टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सिमरा रंगशालामा शुक्रबार राति खेलिएको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा टुङ्गिएको हो ।
खेलको पहिलो हाफमा आयोजक सिमरा भेट्रान क्लबले उत्कृष्ट प्रदर्शन गर्दै २–० को अग्रता बनाएको थियो । आयोजकका तर्फबाट जय किशोर सहनी (ज्याकी) र सुलभ चौधरीले एक–एक गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।

तर, दोस्रो हाफमा पत्रकार टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो । पत्रकार टोलीका कप्तान दिवाकर भण्डारीले उत्कृष्ट गोल गर्दै टोलीको पुनरागमनमा महत्वपूर्ण योगदान दिए । त्यसैगरी, केदार ढकालले पनि एक गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । पहिलो हाफमा दुई गोलले पछि परेको पत्रकार टोलीले दोस्रो हाफमा देखाएको उत्कृष्ट प्रदर्शनले खेललाई थप रोमाञ्चक बनाएको थियो ।

मैत्रीपूर्ण खेलमा पत्रकार टोलीका तर्फबाट कप्तान दिवाकर भण्डारी, केदार ढकाल, जीतलाल श्रेष्ठ, बिनोद परियार, अनिल तिवारी, बेद भट्ट, पवन सिंह, एस एस पटेल,उमेश घलान, बिकाश गुरुङ, अखिलेश यादव, अफताफ आलम, उमेश थपलिया, पुष्कर चालिसे, शिरोमणी रिजाल, रुपेन्द्रलाल चन्द र राजेश महतो मैदानमा उत्रिएका थिए ।
त्यस्तै, आयोजक सिमरा भेट्रान क्लबका तर्फबाट जय किशोर सहनी, सुलभ चौधरी, हरि चौधरी, इश्वर थपलिया, राजकपुर राउत, शिव सुनारी मगर, सुरज थापा मगर, जंगबहादुर थारु, मेघराज अधिकारी, रमेश प्याकुरेल, वसन्त राई, धनलाल श्रेष्ठ, राजकुमार चौधरी र सुजन थापाले प्रतिस्पर्धा गरेका थिए ।
जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको फाइनल खेलअघि आयोजित मैत्रीपूर्ण प्रतिस्पर्धाले खेलकुदसँगै आयोजक र पत्रकारबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको छ ।






Write your Comment