कृषि विकास बैंक र बाराका साना किसानहरुको बिच अन्तरकृया

रातोघर

 २०७६ भाद्र २१, शनिबार  मा प्रकाशित
५४९ पाठक संख्या


पुष्पराज खतिवडा
सिमरा, २१ भदौ ।

बैंकहरुमा बढ्दो लापरवाहीका कारण सरकारी सहुलियत कर्जा दुरुपयोग भैरहेको कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगजंका क्षेत्रिय निर्देशक चन्द्रसिंह थापाको गुनासो छ । शुक्रबार कृषि विकास बैंक लिमिटेड र बाराका साना किसान कृषि सहकारी संस्थाहरुको विच अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आर्थिक अपराध बढेका कारण वास्तविक किसानले सुविधा पाउन कठिन भएको उनले बताए ।

त्यस्ता अपराधिले बैंकका कर्मचारीलाई प्रभावमा पारेर वास्तविक कामको भन्दा धेरै गुणा बढी सहुलियत कर्जा लिने र बढी ब्याज दिने बैंकमा राखी ब्याज खाने गरेको समेत पाईएको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले साना किसान सहकारी संस्थाहरुसँग कृषि विकास बैंकको सम्बन्ध चेली र माईतीको जस्तो रहेको बताए ।

थापाले सरकारले कृषि क्षेत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्नै पर्ने भनी बाध्यात्मक नीति बनाएको तर कृषि क्षेत्रको विकास गर्न यो नीति मात्रै प्रयाप्त नहुने धारण राखे ।
किसानका वास्तविक आवश्यकता पहिचान गरि सोही अनुपरुका सहयोग गर्ने योजना बनाएर काम गर्ने वातावरण बनाईनु पर्नेमा त्यसो हुन नसकेको उनको तर्क छ ।

बाराको सिमरा स्थीत रहेको कृषि विकास बैंकको शाखाले आयोजना गरेको कार्यक्रममा बैंकको सिमरा शाखाका प्रबन्धक सुरेश भट्टराई, क्षेत्रीय कार्यालय विरगजंका शाखा अधिकृत प्रेम प्रसाद उप्रेती, बैंका पूर्व कर्मचारी गोकुल कुमार पौडेल, साना किसान कृषि सहकारी संघ बाराका उपाध्याक्ष कन्हायीलाल थारु,कोषाध्यक्ष नयनकला खड्का लगायत २४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले कृषि विकास बैंकलाई सहुलिय कर्जा लगानीमा सहयोग गर्न आग्रह गरेका थिए । संस्थाहरुसँग सहकार्य गर्न समेत संस्थाका प्रतिनीधिहरुले बैंकमा आग्रह गरे । संस्थाका प्रतिनीधिहरुले सुलभ कर्जा सहितको प्रभावकारी सेवा प्रवाहको अपेक्षा निर्देशक थापासँग राखेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका संचालक प्रदिपसिंह बरालले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban