राजस्ब अनुसन्धान कार्यालय पथलैयामा अख्तीयारको छापा

प्रकाश लम्साल

 २०७७ जेष्ठ २७, मंगलबार  मा प्रकाशित
७८३ पाठक संख्या


बारा ।

नेपाल भित्रिएको ७२ हजार केजी चिनी ३ महिना पछि खान योग्य भनी प्रमाण्ीत गरी छोडने तयाारी गर्दै गर्दा अख्तीयार अनुसन्धान आयोगले पथलैया स्थित राजस्ब अनुसन्धान कार्यालय पथलैयामा छापा मारेको छ ।

अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले गत फागुन २५ भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनी जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले आन अयोग्य भन्दा पनि नेपाल भित्तयाइएको चिनी खाद्य तथा गुण नियन्त्रण विभागले पुन परीक्षण गरेर नेपाल सरकारको मापदण्डअनुसार खान योग्य रहेको भनि प्रमाणित गरेको बिषय संकास्पद देखीए पछि अख्तीयारले राजस्ब अनुसन्धान कार्यालयमा छापा मारेको हो ।

खाद्य तथा गुण नियन्त्रण विभागकै कर्मचारी, राजस्व अनुसन्धान कार्यालय, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासन सहित को ठुलो समुहको मिलेमतोमा तस्करलाई फाइदा पुग्नेगरी मुद्दा टुंगाउन खोजिएको आधारमा अख्तिीयारले आज राजस्ब कार्यालय पथलैयामा छापामारी गरेको हो ।

विभागकै कर्मचारीमाथि मिलेमतोको आरोप यसअघि आफ्नै मातहतको कार्यालय जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षण प्रतिवेदनले सो चिनी म्याद गुज्रिएको र फरक फरक मिती भएकोले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो। ।

गुण नियन्त्रण विभाग बबरमहलले आयातकर्तासँगको मिलेमतोमा पुन–परीक्षण गरी खानयोग्य भनी प्रमाणित गरे पछि म्याद गुज्रिएको ७२ हजार केजी चिनी छोडने तयारी गर्दै गर्दा राजस्ब अनुसन्धान कार्यालयमा तिन बटा ट्रकमा लोड भएको चिनी नापतौलका कर्मचारी , राजस्बका कर्मचारी को उपस्थितीमा अख्तीयारले गोदाममै शिल गरी कागज पत्र नियन्त्रणमा लिएको छ ।

फागुन २५ गते प्रयोगशालामा विश्लेषण गरेको पारामिटरको आधारमा प्राप्त नमुना आयात गर्न योग्य नदेखिएको तथा उपयुक्त नमुनाको उपभोग्य मिति समाप्त भइसकेको खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले जलेश्बर भन्सारलाई पत्र पठाए पनि तत्कालीन जलेश्वर भन्सार प्रमुख केशवकुमार भण्डारी र कर्मचारीकै मिलेमतोमा सो चिनी नेपाल भित्रिए लगतै तिन बटा टकमा लोड चिनी पथलैया राजस्बले नियन्त्रणमा लिएको थियो ।

छापामारीमा आएका अख्तीयार अनुसन्धान आयोगका सुचना अधिकारी शिब राज रेग्मीले महोतरी भन्सारमा अख्तीयारको कार्यालय बर्दिबासले अनुसन्धान गरीरहेको र पथलैयामा थप प्रमाणको लागी टोली र अन्य कुरा अनुसन्धान पछि थाह हुने बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban