प्रथम पर्सा गोल्डकप: हेटौंडा फुटबल एकेडेमीको पोल्टोमा उपाधि

रातोघर

 १४ फाल्गुन २०७६, बुधबार २१:५०  मा प्रकाशित
६४२ पाठक संख्या



पर्सागढी : पर्साको बढनिहारमा सञ्चालित प्रथम पर्सा गोल्डकप २०७६ को उपाधी हेटौंडा फुटबल एकेडेमीले जितेको छ ।
आयोजक पर्सागढी युवा स्पोर्टस क्लबलाई सडेन डेथमा पराजित गर्दै हेटौडाले उपाधी चुमेको हो ।
खेलको दोस्रो हाफ पछि भएको बर्षाको बाबजुद पनी निकै रोमाञ्चक बनेको खेलको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेल टाईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउट ५/५ को बराबरी भए पश्चात् सडेन डेथमा हेटौडाले बाजी मारेको हो ।
नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौंडा र बीरगंज युथ एकेडेमीलाई हराउदै आयोजक क्लब फाईनल प्रवेश गरेका थिए ।
प्रतियोगितामा विजयी भएको हेटौंडाले एक लाख एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए भने उप बिजेता बनेको आयोजक क्लबले पचास हजार एक सय एकाउन्न रुपैया सहित ट्रफी पाए ।

विजयी हुन सफल हेटौडा फुटबल एकेडेमीलाई कार्यक्रमका बिशिष्ट अतिथि समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले उपाधी हस्तान्तरण गर्नुभएको थियो ।
त्यस अघि कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले खेलकुदले सबैको भावनात्मक एकतालाई एक ठाउमा जोड्ने बताउदै प्रदेश सरकारका तर्फबाट खेलकुद क्षेत्रको बिकासमा लागी पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कलवार, समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद, वडाध्यक्षहरु उद्धव बहादुर उप्रेती, सम्सुदिन साह देवान, नेकपा नगर अध्यक्ष गोकर्ण पाठकलगायतको उपस्थिती रहेको थियो । आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण योगेन्द्र चौधरीले गर्नुभएको थियो ।

Write your Comment