२५ जेठभित्र कर बुझाउन करदातालाई सरकारको ताकेता

रातोघर

 २०७७ जेष्ठ २०, मंगलबार  मा प्रकाशित
५९८ पाठक संख्या


काठमाडौं। कर बुझाउन करदातालाई सरकारले जेठ २५ गते सम्मको अन्तिम समयसिमा तोकेको छ ।

कोरोना भाइरस महामारीका कारण भईरहेको लकडाउनले गर्दा २ महिना थपिएको समय सकिनै लाग्दा सरकारले अन्तिम समयसिमा तोकेको हो ।

आन्तरिक राजस्व विभागले मंगलबार कर र कर विवरण बुझाउन भन्दै सूचना जारी गरेको छ।

सूचनामा कोभिड –१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार थप गरिएको छ भनिएको छ।

सूचना अनुसार उक्त थप गरिएको म्यादभित्रै विवरण र कर बुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना नलाग्ने बताइएको छ।

सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ। यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नु पर्नेछ।

यसैगरी आयकर ऐन, २०५८ बमोजिम २०७६ साल फागुन र चैत महिनाको बुझाउन पर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला पनि २५ गतेसम्म गरिसक्नु पर्ने सूचनामा छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban