पीएम कप क्रिकेट : प्रदेश १ र कर्णाली तथा प्रदेश २ र बागमती खेल्दै

प्रदेश १ सँगै गण्डकी प्रदेश पनि समूह ‘ए’ बाट बाहिरिसकेको छ ।।

रातोघर

 ९ माघ २०७७, शुक्रबार ०८:४१  मा प्रकाशित
६०९ पाठक संख्या



९ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह  ‘ए’ मा रहेका प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।
लगातार तीन खेल हारेको प्रदेश १ समूहमा आफ्नो अन्तिम खेल खेल्नुअघि नै बाहिरिसकेको छ । त्यसैले प्रतियोगिताको अन्तिम खेल जित्दै सुखद अन्त्य गर्न चाहन्छ ।

उता दुई खेल खेलेको कर्णालीले भने मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई हराएको थियो । कर्णालीले समूहको अन्तिम खेल विभागीय टोली एपीए
फसँग शनिबार खेल्नेछ ।
प्रदेश १ सँगै गण्डकी प्रदेश पनि समूह ‘ए’ बाट बाहिरिसकेको छ ।
यस्तै समूह ‘बी’ मा रहेको प्रदेश २ र बागमती बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । लगातार दुई खेल जित्दै समूह ‘बी’ मा अपराजित रहेको बागमती लगातार तेस्रो खेल जित्ने योजनामा छ । बागमतीले साविक विजेता नेपाल पुलिस र सुदूरपश्चिमलाई पराजित गरिसकेको छ । बागमतीले समूहको अन्तिम खेल माघ ११ गते लुम्बिनीसँग खेल्नेछ ।
समूह ‘बी’ मा तीन खेल खेल्दा २ खेल जितेको पुलिसले पनि बागमती समान ४ अंक जोडेको छ । लुम्बिनीको २ खेलबाट २ अंक छ । एक खेल मात्र खेलेको प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

Write your Comment