प्रदिप खड्कासहित प्रेम गित ३ को टिम भोलि सिमरा आउने, के एस आर मुभिजको उद्घाटन हुदै

रातोघर

 ९ आश्विन २०७९, आईतवार १९:५८  मा प्रकाशित
५०२ पाठक संख्या



सिमरा । प्रेम गित ३ को जम्बो टिम भोलि बाराको सिमरा आउने भएको छ । सिमरा बिजनेस सेन्टरमा भोलिदेखि सञ्चालनमा आउन लागेको के एस आर मुभिजको उद्घाटनमा सहभागि हुन प्रेम गित ३ को टिम भोलि सिमरा आउन लागेको हो ।

प्रेम गित ३ का नायक प्रदिप खड्का, नायिका क्रिस्टिना गुरुङ, निर्माता संतोष सेनसहितको जम्बो टोलि सिमरा आउने के एस आर मुभिजका सञ्चालक राजन उप्रेतीले जानकारी दिनुभयो । उद्घाटनको अवसरमा नेपालका चर्चित कलाकारहरु पनि भोलि सिमरा आउने सञ्चालक उप्रेतीले बताउनुभयो ।

उहाका अनुसार चर्चित हास्यकलाकार संदिप क्षेत्री, कलाकारहरु किरण के.सी, युवराज लामा, अनुप बिक्रम शाही लगायतको पनि उपस्थिति रहनेछ ।

Write your Comment