सिमरामा हल सञ्चालन पछि बजारको चहल पहल बढ्यो, बाराका प्रमुख जिल्ला अधिकारी सहितको टोली के.एस.आर.मुभिजमा

रातोघर

 १७ आश्विन २०७९, सोमबार १८:३३  मा प्रकाशित
४१० पाठक संख्या



सिमरा । बाराको सिमरामा हालै मात्र सञ्चालनमा आएको के.एस.आर.मुभिज सिनेमा हलमा दर्शकहरुको भिड लाग्ने गरेको छ ।चपुर,निजगढ,कलैया,अमलेखगञ्ज,बिरगंज,जितपुर,सिमरा र डुमरवाना क्षेत्रका अधिकांश मानिस चलचित्र हेर्न सिमराको के.एस.आर. मुभिज आउने गरेका छन् ।

बिदाको सदुप्रयोग गर्दै आज मात्र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको साथमा बाराको बिभिन्न सुरक्षा निकायका प्रमुखहरुको टोलीले के.एस.आर. मुभिजको निरिक्षण गर्नुको साथै दर्शकहरु सँगै बसेर चलचित्र समेत हेर्नुभएको छ ।

हल सञ्चालन भए सँगै सिमराको चहल पहल बढेको छ । सिमरा विजनेश सेन्टर भित्रको पसल मात्रै नभई बाहिर सञ्चालन गरेका अन्य ब्यवसाय समेत फस्टाउन थालेपछि ब्यवसायीहरु समेत दङ्गमा परेका छन् । सिमराको एक रेष्टुरेन्ट सञ्चालकले दैनिक १०/१५ हजारको बिक्रि हुने गरेकोमा हल सञ्चालनमा आएपछि दैनिक ५०/६० हजारको कारोवार हुने गरेको बताए ।

के.एस.आर.मुभिजले करिब १८ करोडको लागतमा प्रदेशकैं उत्कृष्ठ मल्टिफ्लेक्स सिनेमा हलको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । के.एस.आर. मुभिजका सञ्चालक राजन उप्रेतीले यस पालीको दशैंको बिदालाई सदुप्रयोग गर्दै परिवार सहित सिनेमा हेर्न आउन सबैलाई अनुरोध गर्नुभएको छ ।

सिनेमा हेर्ने दर्शकहरुको लागि कोरोनाले गर्दा लामो समय सम्म बन्चित बनाएको थियो । पहिले चलचित्र हेर्न हेटौंडा जानु पर्ने बाध्यता थियो के.एस.आर. मुभिजले अन्त्य गरेको उप्रेती बताउनु हुन्छ ।

घरमैं बसेर आफुलाई हेर्न मन लागेको चलचित्र छानेर अनलाईन बाटै टिकट बुकिङ्ग गर्न सक्ने ब्यवस्था रहेको छ । www.ksrmovies.com मा गएर अनलाइन टिकट लिन सकिन्छ ।

Write your Comment