

सिमराः बाराको सिमरामा आयोजित मधेस प्रदेश स्तरीय कराँते तेक्वान्दो प्रतियोगितामा सिराहा प्रथम भएको छ । जेठ १९ र २० गते आयोजना गरिएको प्रतियोगितामा १२ स्वर्ण जित्दै सिराहा प्रथम भएको हो ।
सिराहाले १२ स्वर्णसहित दुई रजत र दुई कास्य पदक जितेको छ । प्रतियोगितामा दुई स्वर्ण, पाँच रजत र चार कास्य जित्दै रौतहट द्धितीय भएको छ भने दुई स्वर्ण, दुई रजत र आठ कास्य हात पार्दै आयोजक टिम तेस्रो भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र नेपाल सितोरियो कराँते डोजाङ सिमराले आयोजना गरेको प्रतियोगितामा दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्दै सर्लाही चौथो भएको छ । मधेस प्रदेशका आठ जिल्ला र आयोजक गरी नौ टिमको सहभागिता रहेको प्रतियोगितामा धनुषा पाचौं भएको छ । धनुषाले एक स्वर्ण, तीन रजत र चार कास्य हात पारेको छ ।
यसैगरी एक स्वर्ण, दुई रजत र तीन रजत प्राप्त गर्दै पर्सा छैठौं स्थानमा रहदा महोत्तरी सातौं र बारा आठौं भएको छ । महोत्तरीले दुई रजत र ६ वटा कास्य जितेको छ भने बाराले तीन रजत र तीन कास्य पाएको छ ।
विजेता तथा उपविजेता खेलाडीलाई नेपाल सितोरियो कराँते महासंघका अध्यक्ष युवराज लामाले पुरस्कार वितरण गरेका थिए ।





Write your Comment