सर्पले डस्दा बालिकाको मृत्यु

रातोघर

 २०८० भाद्र ११, सोमबार  मा प्रकाशित
४३८ पाठक संख्या


राजविराज ।

सर्पले डस्दा सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–८ बस्ने १२ वर्षीया अर्चनाकुमारी यादवको सर्पदंशले मृत्यु भएको उनका बुवा दिनेश यादवले जानकारी दिए ।

आफ्नै गोठघरमा बाख्रा बाँध्ने क्रममा उनलाई सर्पले डसेको परिवारका सदस्यले बताए । उपचारका लागि तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याइए पनि अर्चनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban