डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो

रातोघर

 २०८० भाद्र १७, आईतबार  मा प्रकाशित
३४६ पाठक संख्या


काठमाण्डौ 

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको ज्यान गएकाे थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban