ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
३१३ पाठक संख्या


काठमाडौं ।

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी राज्य सान्टा क्याटारिनाका केही क्षेत्रमा सोमबारदेखि मुसलधारे वर्षा, प्रतिघण्टा ११० किलोमिटरभन्दा बढीको हावाहुरी, बाढी र पहिरो गएको थियो ।

तीमध्ये एक जनाबाहेक सबै जनाको मृत्यु रियो ग्रान्डे डो सुलमा भएको थियो, जहाँ २२४ जना घाइते भएका थिए भने १४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।सबैभन्दा बढी प्रभावित शहर मुकुममा १६ र रोका सेल्समा १० जनाको मृत्यु भएको छ ।

ब्राजिलका उपराष्ट्रपति गेराल्डो अल्कमिनले आइतबार उक्त क्षेत्रको भ्रमण गरी चक्रवातबाट प्रभावित प्रत्येक व्यक्तिलाई करिब १६० अमेरिकी डलर क्षतिपूर्ति दिने सरकारको योजनाको घोषणा गर्नुभएको छ ।ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जलवायु परिवर्तनका परिणामहरूको सामना गर्न आवश्यक चरम मौसमी घटनालाई वातावरणीय एजेन्डासँग जोड्नुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban