पूर्व राजा आज दिउँसो झापा जाँदै, ८ हजार बाइकले स्कर्टिङ गर्ने

रातोघर

 २०८० मंसिर ८, शुक्रबार  मा प्रकाशित
७३१ पाठक संख्या


झापा ।

पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जादैछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्व राजा ज्ञानेन्द्र बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको शाहको सालिक अनावरणको लागि झापा जान लागेको नागरिक न्यूजलाई जानकारी दिएका हुन्।

उनको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन्। अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पूर्व राजा ज्ञानेन्द्र« धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ। उक्त र्‍यालीमा उनी पनि सहभागी हुने कार्यक्रम छ। उक्त र्‍यालीलाई करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍या्उने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्ने समेत कार्यक्रम रहेको छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजक  राप्रपाको दाबी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban