जीतपुरसिमरामा व्यवसायिक भवन नक्सा पास गर्न ३५ दिने म्याद, नगर्नेलाई कारवाही

रातोघर

 २०८० मंसिर १०, आईतबार  मा प्रकाशित
१३६८ पाठक संख्या


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगपालिका उपमहानगरपालीकाले मातहमतका २४ वटै वडामा रहेका व्यवसायीक प्रतिष्ठानलाई भवन नक्सा पास नगरेको भए ३५ दिन भित्र गरिसक्न सूचना जारी गरेको छ ।

आइतवार उपमहानगरले सुचना जारी गर्दै स्थानीय सरकार संचालन ऐन २०७४,को दफा (३९) बमोजीम यहाँ रहेका उद्योग, कल कारखाना तथा व्यवसायीक भवन सवैले नक्सा पास नगरे कानुन बमोजिम कारवाही गर्ने भएको छ ।

दफा (३९) ५ को उपदफा २ मा कसैले ऐन विपरित भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी बनाएको भए पाँच लाख र नक्सा पास गरी अनुमती बेगर नक्सा हेरफेर गरी निर्माण गरेमा दुई लाखसम्म जरिवाना गरी सो भवन भत्काउन सकिने व्यवस्था छ ।

उपहानगर भित्र रहेका दजर्नौ उद्योग तथा व्यवसायीक प्रतिष्ठानले भवन नक्सा पास नै नगरी कारोवार तथा व्यवासाय संचालन गरिरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban