उपभोक्ता ठग्ने व्यापारीलाई ६० हजार जरिवाना

रातोघर

 २०८० मंसिर ११, सोमबार  मा प्रकाशित
७४२ पाठक संख्या


काठमाडौँ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्महरूलाई ६० रुपैयाँ हजार जरिवाना गरेको छ । विभागले आइतबार गरेको बजार अनुगमनबाट उपभोक्ता ठग्ने ५ फर्महरूलाई कूल ६० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

विभागले ११ वटा फर्ममा गरेको अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने र कानुनी व्यवस्था नमान्नेलाई कारबाही गरिएको जनाइएको छ । प्रवक्ता आनन्द पोखरेलका अनुसार कुपन्डोलको रेडिमेड तथा थान कपडा पसललाई २० हजार जरिवाना तिराइएको छ ।

यस्तै, पुतलिसकडको रेडिमेड तथा थान कपडा पसललाई २० हजार, पुतलिसकडककै मदिरा पसललाई ५ हजार जरिवाना तिराइएको छ । यस्तै, नयाँ बानेश्वरको रेडिमेड कपडा पसललाई ५ हजार जरिवाना तिराइएको विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यसबाहेक, शंखमुलको मिठाई पसललाई १० हजार जरिवाना गराइएको छ । पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । आइतबार कारबाहीमा पर्ने अधिकांश पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban