जीतपुरमा पशुपती रोड कैरियरको शाखा स्थापना, शर्माले गरे उद्घाटन्

रातोघर

 २०८० मंसिर २२, शुक्रबार  मा प्रकाशित
६१९ पाठक संख्या


सिमरा ।

पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि स्थापना भएको छ । नेपालको लोकप्रिय ढुवानी सेवाको रुपमा स्थापित रहेको पशुपती रोड कैरियरले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा आफ्नो डेलिभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो ।
पशुपती रोड कैरियर नेपाल प्रा.ली.ले एक कार्यक्रमको आयोजना गरि आफ्नो जीतपुर शाखाबारे जानकारी गराएको हो । उद्घाटन कार्यक्रम सोही संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद गुप्ताको अध्यक्षता र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि लामिछानेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन पछी सम्वोधन गर्दै उनले पशुपती रोड कैरियर नेपालको सफलताको शुभकामना दिए । पशुपती रोड कैरियर नेपाल प्रा।ली अन्तराष्ट्रिय स्तलको ख्याति प्राप्त दुवानी सेवा रहेको जिकिर गर्दै यस्ता संस्था जीतपुरमा स्थापना हुनु यंहाको लागि निकै खुसिको कुरा रहेको बताएका थिए ।

यता उद्घाटन कार्यक्रममा संस्थाका स्थापक अध्यक्ष गुप्ताले पशुपती रोड कैरियर नेपालले देशको हरेक ठाँउबाट आफ्नो ढुवानी सेवा दिदै आएको बताएका थिए । साथै यस संस्थाले छिमेकी मुलुक भारतमा समेत आफ्नो संस्था दर्ता गराई भारतबाट पनि सेवा दिदै आएको बताए। नेपालबाट भारत र भारतबाट नेपालमा सामान ढुवानी गर्नपनि यो संस्था निकै लोकप्रिय रहेको उनको भनाई छ ।

पशुपती रोड कैरियरको जीतपुर शाखाको शमउद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पुर्व महासचिव शिवजी साह सोनार, नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटि अध्यक्ष छबिलाल शर्मा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सघका महासचिव प्रकाश गिरि, समाज सेवी राजुराज गिरि, नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार, सदस्य राजु गुप्ता, विन्देश्वरी गुप्ता, व्यवसायी ओमप्रकाश गुप्ता, नेपाली काग्रेसका शेखर भण्डारी सहित विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban