सर्वशुलभ साकोसको १४ औं बार्षिक साधारणसभाबाट संस्थाको अध्यक्षमा भारती चयन

पुष्पराज खतिवडा

 २०८० मंसिर २२, शुक्रबार  मा प्रकाशित
७२३ पाठक संख्या


बडहर्वा ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विमलराज भारती र्निविरोध निर्वाचित भएका छन् । सुक्रबार बडहर्वामा सम्पन्न संस्थाको १४ औं बार्षिक साधारणसभाबाट भारती सहितका ९ जना आगामी चारबर्षकालागि संचालक समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचित समितिको उपाध्यक्षमा जोखु राउत अहिर, सचिवमा श्यामचन्द्र प्रसाई, कोषाध्यषमा राजन कुमार पौडेल छन् । यस्तै समितिको सदस्यहरुमा सिता रिजाल देवकोटा, शिखा थापा बस्नेत, फुर्सागमाया लामा, ईश्वरी प्रसाद पौडेल र सुरेशबाबु राम छन् ।

यसैगरी सभाले दिनेश राज गिरीको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । जस्को सदस्यमा चिरन्जीवि ढुंगाना र राजकुमार साह चयन भएका छन् ।

बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरको संयोजकत्वमा घन्टीमाई साकोस औराहका लेखासमिति संयोजक नवराज न्यौपाने र बालबालिका प्रा.वि. लामिडाँडामा कार्यरत शिक्षीका नर्मदा अधिकारी सम्मीलत निर्वाचन समितीले निर्वाचन सम्पन्न गरेको थियो ।

यसअघि बार्षिक साधारणसभाको बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष ठाकुरलेनै उद्घाटन गरेका थिए । प्रमुख अतिथी ठाकुरले सहकारी अभियान विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरु यती बेला जटिल मोडमा रहेको बताए । समुदायमा आधारित संस्थाहरु मात्रै यो संकटमा जोगिन सक्ने हुँदा सहकारीहरुले सदस्यहरु र समुदायलाई सहकारी बुझाउन मेहनत गर्नु पर्ने बताए ।

 

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नं.२४ का अध्यक्ष हिरालाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका मुख्य प्रबन्धक पुष्पराजज खतिवडा, कलैया उपमहानगरपालिका वडा नं.२१ का पूर्व अध्यक्ष पुनदेव रौनियार, सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ध्रुब सिगदेल र देवप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

९९२ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष २०७९।०८० मा ८ करोड ९६ लाख रुपैंयाको कारोबारबाट गरेको २८ लाख ४३ हजार मुनाफा रकमबाट सदस्यहरुलाई ९ दशमलव ५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गरेको छ । संस्थाले सभाको अवसरमा उत्कृष्ठ कारोबार गर्ने ३ जनालाई पुरस्कृत समेत गरेको थियो ।

संस्थाको बार्षिक साधारणसभा कार्यक्रम अध्यक्ष हुतराज ढुँगानाको अध्यक्षता, उपाध्यक्ष जोखु राउतको स्वागत र ब्यवस्थापक कृष्ण बहादुर बुढाथोकीको संचालनमा सम्पन्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban