तेस्रो मनहर्वा गोल्डकप उपाधीका लागि हेटौंडा र बिरगंज आमनेसामने

पुष्पराज खतिवडा

 २०८० माघ १८, बिहिबार  मा प्रकाशित
६१६ पाठक संख्या


मनहर्वा।

साविक विजेता नवदुर्गा यूवा क्लब सिमरालाई सेमीफाईनलमा स्तब्ध पार्दै रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोलकपको फाईनल प्रवेश गरेको छ ।

विहिबार बडहर्वा खेल मैदानमा भएको दोस्रो सेमीफाईनल खेलमा निर्धारित समयमा दुबैपक्षबाट गोल रहित बराबरी भएपछी नतिजा टाईबेकरबाट निकालिएको हो ।

टाईवेकरमा सिमराका विबेक गुरुङ्ग र आयूष रानाको प्रहार रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपी बर्तौलाले सहजै बचाउ गरे । दुई बल बचाउसँगै टिमले जित निकाल्न सफल भयो ।

रिगलले उपाधिका लागि शनिबार बिरगजं यूनाईटेड पर्सासँग फाईनल खेल खेल्ने छ । बिरगजं यूनाईटेड आयोजक मौवादेवी यूवा क्लबलाई बुधबार भएको पहिलो सेमीफाईनल खेलमा २ शुन्य गोल अन्तरमा पराजित गदै फाईनल प्रवेश गरि सकेको छ ।

रिगलको जितका लागि आशिष क्षेत्री, निमेश मोक्तान, समुअल सुनार र रोशन दोङ्गले समान एकएक गोल गरे । सुजल श्रेष्ठको प्रहार भने नवदुर्गा सिमराका गोल रक्षक जयराम चौधरीले उकृष्ठ बचाउ गरेका थिए ।

यता नवदुर्गाका खेलाडी सिसास थापा, मोहीत गुरुङ्ग र दिपेश राईले मात्रै गोल गर्न सके । विवेक र आयूष टिमका लागि गोल गर्न चुके । जस्का कारण नवदुर्गाको यसबर्ष मनहर्वा गोल्डकप उपाधीको सपना अधुरै बन्न गयो ।

क्वाटरफाईनलमा बागमती यूवा क्लबका विरुद्धको खेलमा ४ जना विदेशी खेलाडी उतारेर उत्कृष्ठ प्रदर्शन गरेको थियो । ५–१ गोलको अन्तरमा जित निकाल्दै सेमीफाईन प्रवेश गरेको सिमराको फाईनल यात्रामा भने पूर्णविराम लागेको छ ।

आजको खेलको म्यान अफ दि म्याच रिगल रिसोर्ट हेटौंडाका गोल रक्षक गोपि बर्तौला चुनिए । उनले २ हजार ५ सय पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजेताले नगद दुईलाख र उप विजेताले एकलाख रुपैंया उपुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् ।

शनिबार जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको समापन गर्ने छन् । उक्त दिनको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक समितिका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।

खेल सुरुहुनु अघि नृत्य, झाँकी प्रस्तुत गरिने छ । उक्त दिनको खेल हेर्न दर्शकले भने एकसय रुपैंयाको टिकट लिनु पर्ने छ । फाईनल हेर्न दर्शकको अत्याधिक भिड हुने संभावनालाई मध्यनजरगरी दिउँसो १२ बजेबाटै टिकट काउण्टर खुल्ला गरिने उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban