बाराको सिम्रौनगढमा मुआब्जा संघर्ष समितिको प्रदर्शन

रातोघर

 २०८० माघ १९, शुक्रबार  मा प्रकाशित
४७० पाठक संख्या


सिम्रौनगढ ।

तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले जुलुस निकालेर प्रदर्शन गरेको छ । आज बाराको सिम्रौनगढमा समितिले जुलुस निकालेर प्रदर्शन गरेको हो ।

सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै पुन बसपार्कमा आएर सभामा परिणत भएको थियो । जुलुसमा सहभागिहरुले बाटोको मुआब्जा ब्याजसहित दिलाई देउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको कोण सभामा समितिका सचिव रामानन्द चौधरी, ढुन्ढीराज उप्रेती, महेन्द्र जयसवाल, मनेजर चौधरी, जगदेव चौधरी, रामबाबु साह तेली लगायतले मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष शंकर मैनालीले गर्नुभएको थियो । तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेको समितीका सचिव रामानन्द चौधरीले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban