सदरमुकाम कलैया जोड्ने विद्युत प्रशारणलाईन विस्तारमा वडा अध्यक्षको अवरोध

पुष्पराज खतिवडा

 २०८० माघ १९, शुक्रबार  मा प्रकाशित
६२६ पाठक संख्या


मनहर्वा,बारा ।

नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम कलैया आसपास विद्युत क्षमता विस्तारका लागि गरिरहेको कामलाई जितपुरसिमरा उपमहानगरपालिका १६ का वडा अध्यक्ष हरिदेव खरेलले अवरोध गरेका छन् ।

प्राधिकरणले पूर्व पश्चिम राष्ट्रिय प्रशारणको पिलुवा स्थीत १३२ केभिए सवस्टेसनबाट सदरमुकामका लागि नयाँ प्रशारणलाईन विस्तारमा वडा अध्यक्ष खरेलले अवरोध गरेका हुन् ।

उनले सो लाईन विस्तारका क्रममा आफ्नो जग्गामा पर्ने तिनवटा पोल गाड्न नदिएर अवरोध गरेका छन् । प्राविधरणको लाईन विस्तारमा खटिएका कामदारले पोल गाड्न खेनेका खाल्डा समेत पुर्न लगाए । जस्का कारण लाईन विस्तारमा समस्या भएको प्राधिकरणले जनाएको छ ।

वडा अध्यक्ष खरेलले कानुनी मापदण्ड समेत पुरानगरी ३३ हजार केभिए क्षमताको लाईन विस्तार गर्न खोजिएकाले अवरोध गर्नुपरेको बताए । उनका अनुसार न्युनतम् १३ मिटरको उचाईका विद्युतिय पोल हुनु पर्नेमा ११ मिटरको हालिएको छ ।

गाउँवस्ती भन्दा परबाट लैजानु पर्ने प्रशारण लाईन मान्छेका घरहरुमाथीबाट तानिएको छ । कतीपय स्थानमा ११ हजार केभिएको प्रशारणलाईनमा क्रस गरिएकाले जोखिम देखिन्छ, उनले भने ।

जीतपुरसिमरा उपमहानगरपालिको वडा नं.१६ को पिलुवा डकाह र वडा नं.१८ को बडहर्वा क्षेत्रका कतिपय बस्ती ऐलानीमा रहेकाले भोलि हुने सम्भावित जोखिमका बारेमा के कसरी सम्बोधन गर्ने हो । सोको जानकारी समेत नभएको अवस्थामा गाउँवस्तीबाट यती ठुलो क्षमताको लाईन विस्तारमा चासो राखेको हुँ, उनले भने ।

विकाससँगै जनताको जिउधनको शुरक्षा, क्षतीपूर्ती र मुअब्जालाई प्राथमितामा राखेर विद्युत प्रशारणलाईन विस्तारको काम गर्नु पर्ने उनको भनाई छ ।

बिद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतीका अनुसार प्राधिकरणले यसअघि सोही पिलुवा सबस्टेसनबाट डुमरवाना, फत्तेपुर, परवानीपुरको गाउँवस्ती बाहिरबाट बिरगजं हुँदै कलैया विद्युत लगेको थियो । झण्डै ४५ किलोमिटर दुरीको सो प्रशारणको क्षमता कमजोर हुँदा सदरमुकाम कलैया सहित आसपास क्षेत्रमा गर्मीयाममा विद्युत प्रशारणमा समस्या हुँदै आएको थियो ।

जस्का कारण सदरमुकाम कलैया र आसपासको क्षेत्रका जनताले सास्ती भोग्नु परेको छ । नियमित विद्युत उपभोगमा समस्या समेत हुँदै आएको छ । उक्त समस्या समाधानका लागि प्राधिकरणले पिलुवा–कलैया करिब १७ किलोमिटरको छोटोदुरीमा गाउँवस्ति हुँदै ३३ हजार केभिए लाईन विस्तार गरिरहेको हो ,उनले भने ।

स्थानिय तह सहितका सरोकारवालाहरुसँगको परामर्शमै काम अघि बढेकाले अवरोध सम्बन्धी पछिल्लो समस्याका विषयमा प्राधिकरणले पुनः छलफल गरी निकास निकाल्ने छ , रुपाखेतले भने ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban